Header Ads

गृहमन्त्री गौतमको अर्को विवादास्पद प्रयास, पक्रने र पुर्जी थमाउने अधिकार सशस्त्रलाई दिने तयारी

काठमाडौं, जेठ १३ । गृहमन्त्रालयले अर्धसैनिक बल सशस्त्र प्रहरीलाई नेपाल प्रहरीलाई झैं आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ र पुर्जी दिने अधिकार दिने गरी नयाँ नियमावली मस्यौदा बनाएको छ ।

मन्त्रिपरिषद् पठाउने तयारी भएका सो प्रस्तावित नियमावलीमा नेपाल प्रहरीलाई झै आपधराधिक गतिविधिमा संलग्नलाई पक्रने र पक्राउ गर्दा पक्राउ पुर्जी आफैले जारी गर्न सक्ने विवादास्पद अधिकारी मस्यौदामा छ ।
सशस्त्र प्रहरीको गठन सीमा सुरक्षा, आतंकवादी क्रियाकलाप नियन्त्रण गर्ने, पृथकतावादी वा सशस्त्र विद्रोह नियन्त्रण, दंगा नियन्त्रण, दैवी प्रकोप, विपत्ति आदिमा कामगर्न भएको थियो ।

आजको नागरिक दैनिकमा खबर छापेको छ ।
Powered by Blogger.