भूकम्पबाट देशभरका कति घर भत्किए ? त थाहा पाउनुहोस्
काठमाडौं,वैशाख २२ । महाभूकम्पबाट करिब चार लाख परिवारले आफ्नो बासस्थान गुमाएको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्प गएको एक साता बित्दा पनि विस्थापितको पुनस्र्थापना तयारी सुरु भएको छैन ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले पुनस्र्थापनाबारे अहिले नै आफूहरुले योजना नबनाइसकेको बताए ।
‘अब पुनस्र्थापनाको विषयमा पनि योजना बनाउँछौं, अहिले उद्दार र राहतमै केन्द्रित छौं,’ उनले भने । घर गुमाएका ९० प्रतिशत सर्वसाधारण खुला चौरमा त्रिपाललगायत ओतमा र आफन्तको घरमा शरण लिएर बसेका छन् ।
सधैं त्रिपालमा बसिरहँदा रोग लाग्न सक्ने र निकै कष्टकर हुने भएकाले अस्थायी प्रकृतिका घर बनाएर उनीहरुलाई पुनस्र्थापित गर्नुपर्ने आवश्यक छ । भूकम्पपीडित जनशक्तिलाई नै क्याम्प निर्माणमा कामदारका रुपमा प्रयोग गर्न सकिने अधिकारीहरु बताउँछन् ।
भूकम्पले ३ लाख ९१ हजार ५८ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । पूर्ण क्षतिग्रस्त सरकारी घरको संख्या १० हजार सात सय ४४ छ ।
आंशिक क्षतिग्रस्त निजी घरको संख्या एक लाख ७५ हजार एक सय ६२ रहेको छ भने १४ हजार सात सय ४१ सरकारी घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

.jpg)