Header Ads

भूकम्प आउने भविष्यबाणी गर्नेहरु धमाधम पक्राउ

काठमाडौं । ठूलो भूकम्प आउने भविष्यबाणी गर्दा ज्योतिष ओजराज लोहनी प्रहरीको फन्दामा परे ।

 भूगर्भविद्हरुले नै भूकम्प आउने/नआउने पूर्वानुमान गर्न नसकिने स्वीकार गरिरहेका बेला लोहनीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ठूलो भूकम्प आउनसक्ने भविष्याबाणी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 वैशाख १२ को भूकम्पपछि निरन्तर आइरहेको धक्काका कारण त्रसित सर्वसाधारणमा अफवाह फैलाएर अनाहक थप त्रास बढाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर उनलाई टेकु कार्यालय पु¥यायो ।
 चार घन्टा प्रहरी नियन्त्रणमा रहेपछि उनले आफ्नो आसय बंग्याएर अरुले नै अफबाह फैलाएको बयान दिएपछि उनी हाजिर जमानीमा रिहा भएका छन् ।

ज्योतिष लोहनी मात्र होइन, भूकम्पसम्बन्धी भविष्याबाणी गरेर सर्वसाधारणमा डरत्रास फैलाउने र सामान्यतर्फ उन्मुख जनजीवन फेरि अस्तव्यस्त बनाउन खोज्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । नागरिक दैनिकबाट
Powered by Blogger.