बेलायतको स्थानीय निर्वाचनमा एक नेपाली दम्पती विजयी
लन्डन । हालै भएको बेलायतको स्थानीय निर्वाचन अन्तर्गत स्वान्ली टाउन काउन्सिलको काउन्सिलर पदमा एक नेपाली दम्पती विजयी भएका छन् ।
विगत १९ बर्षदेखि बेलायतमा बस्दै आएका शंकर गैरे र उनकी श्रीमति लक्ष्मी गैरै त्यहाको स्थानीय निर्वाचनमा विजय हात पारेका हुन् ।
शंकर गैरेको डेपुटी मेयरमा पदोन्नति भएको छ भने लक्षमी टाउन काउन्सिलर बनेकी छिन् । निर्वाचित १६ काउन्सिलहरुमध्येबाट एक मेयर र एकजना डेपुटी मेयर चुन्ने प्रचलन बमोजिम शंकर डेपुटी मेयर छानिएका हुन् । काउन्सिलरको अवधि ५ वर्ष भएपनि मेयर भने प्रत्येक वर्ष परिवर्तन हुने प्रक्रिया छ ।
गैरे दम्पतीले सत्तारुढ कन्जरभेटिभका तर्फबाट चुनाव जितेका हुन् । दुबैले बुधबार राति नै सपथ लिएका छन् । बेलायतमा गएर पनि नेपाली श्रीमान् श्रीमती एकै पटक निर्वाचित भएको सम्भवतः यो पहिलो घटना हो ।
गुल्मीको रुपाकोट ९ स्थायी निवासी गैरे सन् २००५ बाट पार्टीमा सक्रिय थिए भने सन् १९९४ मा बेलायत पढ्न गएका थिए ।