Header Ads

विश्वमा जन्मियो नयाँ देश , तपाई पनि नागरिक बन्न सक्नुहुनेछ

Liberpolis_-_April_15_2015.jpg.CROP_.promovar-mediumlarge
एजेन्सी– करिव डेढ महिना अघि एउटा नयाँ देशको जन्म भएको छ । सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस देश पछिल्लो समय विभिन्न कारणले विश्वमा नै चर्चा कमाउन सफल भएको छ । जुन देशको नाम हो लिबरल्याण्ड । यस देशको बारेमा अन्तर्राष्ट्रिय समर्थन नजुटिसकेता पनि छिट्टै यो एउटा नमुनाका रुपमा विकास हुने विश्वास गरिएको छ ।

लिबरल्याण्ड कहाँ छ ?
डेन्यूब नदीको पश्चिमी तटस्थित सर्बिया र क्रोएशियाकोबीचमा ७ वर्ग किलो मिटरको यस्तो क्षेत्र छ, जुन भूभागलाई कुनै पनि देशले आफ्नो सिमाभित्र मानेका छैनन् ।
where is it

चेक नागरिक विट जेडलिकाले सो भूभागलाई समेटेर १३ अप्रिल २०१५ मा नयाँ देश घोषणा गरिदिएका छन् । यस देशको नाम उनले लिबरल्याण्ड राखेका छन् । यो नयाँ देशको मूलमन्त्र ‘बाँचौं र बाँच्न दिऔं’ तय गरिएको छ ।
क्षेत्रफलका हिसाबले लिबरल्याण्ड भ्याटिकनसिटी र मोनाकोभन्दा ठूलो छ । यहाँको आधिकारिक भाषा चेक र अंग्रेजी हो । यस नयाँ देशले निर्णय गरेको छ कि यहाँ पनि भ्याटिकनसिटीमा जस्तै कुनै सेना रहनेछैन ।
यसको उत्पत्ति कसरी ?
विट जेडलिका, चेक गणराज्यको मेम्बर अफ कञ्जरभेटिव पार्टी फर फ्री सिटिजनका सदस्य हुन् । चेक गणराज्यमा जब उनी ट्याक्स फ्री कानुनको वकालत गर्दथे, तब हमेसा सबैले उनको मजाक उडाउँदै आफ्नै नयाँ राज्य बनाउन सुझाव दिन्थे । यस्तैमा जब उनलाई छिमेकमा यस्तो भूभागको बारेमा जानकारी मिल्यो, जुन कुनै पनि देशको नियन्त्रणमा थिएन ।
त्यसपछि उनले यस भूभागलाई एक नयाँ देशको रुपमा घोषणा गरिदिए । अहिले क्रोएशिया र सर्भिया दुबैले लिबरल्याण्डसँगको आफ्नो सिमा बन्द गरिदिएका छन् ।
Liberpolis_-_April_15_2015.jpg.CROP_.promovar-mediumlarge
पाँच हजार मानिसलाई नागरिक बन्ने निम्ता
विट जेडलिकाले सुरुमा केवल ५ हजार मानिसलाई लिबरल्याण्डको नागरिक बन्न आवेदन खुलाएका थिए । जब अनलाईन आवेदन खुलाइयो, तब तत्काल त्यहाँको नागरिक बन्न चाहने मानिसको संख्या १ लाख ६० हजार पुग्यो ।
images.jpeg1
हाल यो संख्या साढे दुई लाख पार गरिसकेको छ । लिबरल्याण्डको आधिकारिक वेवसाइटका अनुसार कम्युनिष्ट, नाजी र चरमपन्थीबाहेक अन्य जो कसैलाई यो देशको नागरिक बन्ने छुट छ । यसै आधारमा नागरिकता दिइनेछ ।
कसले गरे समर्थन ?

सामान्यतया कुनै पनि याँ देश निर्माणका लागि चारवटा अनिवार्य सर्त हुन्छन् । निश्चित सिमारेखा, नागरिक, एक स्वीकार्य सरकार र अन्तराष्ट्रिय मान्यता । हालसम्म यस देशले आधिकारिक रुपमा लिबरल्याण्डको मान्यता पाएको छैन । नर्वेले भने यस देशलाई मान्यता दिइसकेको छ । अष्ट्रियासँग पनि यसबारेमा सकारात्मक कुराकानी भइरहेको छ ।
यस्तो बन्न सक्छ सहर
यस्तो बन्न सक्छ सहर
हालसम्म भर्चुअल कन्ट्री
क्रोएशिया र सर्भियाको आपत्ति तथा अन्य देशबाट अझै मान्यता प्राप्त नभइसकेकाले यो देश हालसम्म भर्चुअल कन्ट्रीको रुपमामात्रै अस्तित्वमा छ । यसका राष्ट्रपति जेडलिका आफूले बनाएको देशमा जानेक्रममा दुई पटक क्रोएशियामा गिरफ्तार भइसकेका छन् । उनका अनुसार छिट्टै अनलाइन चुनावबाट एक स्वीकार्य सरकार निर्वाचित गरिनेछ ।
liberland
स्रोतः विभिन्न अनलाईन समाचार
रजिस्टेसनका लागि यहाँ थिचौँ
Powered by Blogger.