Header Ads

ज्योतिषीले पात्रोमा पहिल्यै लेखेका थिए, ‘२०७२ सालमा भूकम्पले क्षति गर्छ’

काठमाडौं, जेठ ३ । भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको सम्भावना नकार्न सकिँदैन’, पञ्चांग निर्णायक समिति नेपालले गत फागुनमा प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्यफलमा लेखिएको छ, ‘केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला ।’

२०७२ साल मंगलबारदेखि सुरु भएको छ । महिनाको पाँचवटा मंगलबार परेका छन्’, समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘वैशाखमा पाँच मंगल, बुध र बिहीबार तथा सूर्यसंक्रान्ति मंगलबार परेको थियो । यो भनेको अनिष्ट हो ।’ उनका अनुसार यस वर्ष आकाशीय मन्त्रिमण्डलमा राजा शनि र मन्त्री मंगलमा बसेको छ । दुवै पाप ग्रहमा रहेकाले वर्ष नै अशुभ रहेको उनको भनाइ छ ।

उनले पञ्चांगको निर्णयअनुसार वार्षिक भविष्यफल लेखिसकेको जानकारी दिँदै भने, ‘यो वर्ष जनताले दुःख पाउने देखिन्छ ।’ वैशाखजस्तै असार, भदौ र मंसिर महिना पन िमंगलबार सुरु भएका छन् । समितिले पात्रोमा लेखेको छ, ‘पाँच मंगलले नराम्रो अवस्थाको संकेत गर्दछ ।’ ज्योतिष परिषद् नेपालका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि फागुनमै २०७२ सालमा आइपर्ने सबै खालका विपत्ति र अनिष्टबारे प्रष्ट उल्लेख गरिएको बताए ।

उनले भने, ‘पहिले पात्रोकै आधारमा ग्रहदशा हेरिन्थ्यो, र सोहीअनुसार तयारी पनि गरिन्थ्यो । तर अहिले मान्छे विज्ञान वा आधुनिकतातिर उन्मुख भएर होला पात्रो पल्टाउनै छाडेका छन् । त्यसबेला वृहत छलफलपछि भूकम्प, अतिवृष्टि, अनावृष्टिजस्ता दैवीय विपत्तिको कुरो पात्रोमा लेखिएको थियो ।’

पात्रोमा लेखिनु ज्योतिषीहरुको आधिकारिकता हो भन्ने बुझ्न नसक्नु र सोअनुसार सरकारले सजगता अपनाउन नखोज्नुले अहिले लाखौं मानिसले दुःख पाएको उनको भनाइ छ । अन्नपूर्ण पोष्टबाट
Powered by Blogger.