बेलायती राजकुमारले नेपाली चेलीलाई जुत्ता लगाईदिएपछि
एजेन्सी । बेलायती राजकुमारले एक नेपाली चेलीलाई आफ्नै हातले जुत्ता लगाईदिए । यो कुनै बनावटी होइन यो न्युजिल्याण्डमा भएको एक कार्यक्रममा देखिएको परिदृश्ष्य हो ।
बेलायती राजकुमार ह्यारीले ४ वर्षीया नेपाली छोरी ग्रेस प्रधानलाई फुस्किएको उनको जुत्ता लगाईदिएपछि यतिवेला सोसल मिडियामा चर्चा बनेको छ । न्युजिल्याण्डको गभर्नर जनरलको कार्यालयले आयोजना गरेको कार्यक्रममा आफ्नी आमासँग सहभागी बनेकी ४ वर्षीय ग्रेस प्रधानले नेपाली परम्परागत लुगा चौबन्दी चोली र फरिया लगाएकी थिइन् ।
उनको लुगा, कपालका बारेमा राजकुमार ह्यारीले उत्सुकतापूर्वक जिज्ञासा राखे । राजकुमारसँगको कुराकानीका क्रममा ग्रेसको खुट्टाबाट लगाएको जुत्ता खुस्कियो । तत्कालै सँगै रहेका राजकुमार प्रिन्सले उनलाई जुत्ता लगाइदिने प्रस्ताव गरे ।
अप्ठ्यारो मान्दै ग्रेसले पनि ह्यारीको सहयोगलाई नकारिनन् र उनको हातबाट जुत्ता लगाइन् । उक्त कार्यक्रमको फोटो न्युजिल्याण्डका गर्भनर जनरलले आफ्नो फेसबुकमा पोष्ट गरेका थिए, जुन फोटो करिब ४ हजार पटक सेयर गरिएको थियो ।
यसैगरि पिपुल म्यागेजिनले समेत राजकुमार ह्यारीको उक्त सामान्य तर प्रिय व्यवहारलाई प्राथमिकताका दिएर प्रकाशन गरेको छ ।-क्यानाडानेपालबाट