Header Ads

यसरी बन्ने भो भूकम्पप्रतिरोधी नयाँ धरहरा !

काठमाडौं, जेठ ३ । भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गरिने भएको छ ।

अन्य धार्मिक तथा ऐतिहासिक सम्पदा पराम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण हुनेछ । पुरातत्व विभागले पुरानै स्वरुपमा धरहरालाई जीवन दिने भएको छ तर नयाँ निर्माण हुने धरहरा भूकम्पप्रतिरोधी हुनेछ ।

विभागका महानिर्देशक भेषनारायण दाहालले भने,‘धरहरा पक्कै बन्छ, हालकै ठाउँमा बन्छ तर १९९० सालको जत्रै भूकम्प आउँदा पनि कुनै असर नगर्ने खालको बनाउँनेछौं ।’ विभागले नेपाल वास्तुविद् समाजको सहयोगमा भूकम्पका कारण भत्किएका सम्पूर्ण सम्पदाको डिजाइनलगायतका कार्यर्ला अगाडि बढाएको छ ।

नया निर्माण गरिने भनिएको धरहराको बाहिरी स्वरुप पुरानै हुनेछ । तर भित्री बनोट अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइनेछ । जोखिमका कारण अब धरहरा बनाइनु हुन्न भन्ने बहस सुरु भएको छ । कतिपयले बनाउनु हुँदैन भन्ने तर्क गर्छन् ।

कतिपलय भत्किएका सम्पदाको पुनः निर्माण गर्ने चलन विश्वव्यापी नै रहेको हुँदा धरहरा पुनः निर्माण हुनु पर्छ भनेका छन् । खबर आजको गोरखापत्रमा छ।
Powered by Blogger.