Header Ads

राजदूत बोडेले किन नेपाली मन्त्रीलाई ‘ननसेन्स’ भन्दै झपारे ?

काठमाडौं । नेपालका लागि अमेरिकि राजदूत विलियम पिटर बोडेले पर्यटनमन्त्री दिपक अमात्यलाई ‘ननसेन्स’ भन्दै झपारेका छन् । नेपालमा आएको महाभूकम्पका पीडितलाई राहत र उद्दार गर्न आएको अमेरिकी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न रोक लगाइएपछि आक्रोशित भएका राजदूत बोडेले एमाले नेताहरुकै अगाडि मन्त्री अमात्यलाई गालीको पर्रा छुटाएका थिए । 

स्रोतका अनुसार, विमान ल्याण्ड गर्न नपाएपछि सुरुमा उनी प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुगेका थिए । प्रधानमन्त्री कोइरालाले राजदूत बोडेकै अगाडिबाट मन्त्री अमात्यलाई फोन गरेर विमान ल्याण्ड गर्ने व्यवस्था मिलाउन भनेका थिए । प्रधानमन्त्रीसँग उनले ‘हुन्छ’ त भने तर काम गरेनन् । प्रधानमन्त्रीभन्दा पनि समस्या समाधान नभएपछि उनी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालकोमा पुगेका थिए । कसैले राजदूत बोडेलाई मन्त्री अमात्य खनालको पहिलेको पीए भएको र उनले खनालले भनेको हार्न नसक्ने बताएपछि उनी खनालकोमा पुगेका थिए । 

खनालले पनि उनकै अगाडिबाट मन्त्री अमात्यलाई फोन गरेर ‘दीपक, अमेरिकी विमान आउन बन्दोवस्त मिलाउ’ भनेका थिए । खनालसँगको कुराकानीमा पनि मन्त्री अमात्यले ‘हुन्छ’ भनेका थिए । तर, विमानले आउने स्वीकृति नै पाएनन् । त्यसपछि उनी प्रमुख राजनीतिक दलका अन्य शीर्ष नेताहरुकोमा पुगेका थिए । नेतारुसँगको कुराकानीमा आक्रोशित रुपमा प्रस्तुत भएका बोडेल मन्त्री अमात्यलाई ‘ननसेन्स’ भन्दै उसको कारण आफ्नो क्यारियरमा समेत असर पुगेको बिलौना गरेका थिए । 
एक विश्वस्त स्रोतका अनुसार उनले नेताहरुसँग ‘म कस्तो राजदूत भएछु, आफ्नो देशको एउटा विमान यत्रो संकटका बेला पनि ल्याउन नसक्ने, मलाई मेरो देशको सरकारले के भन्ला ?’ भन्दै बिलौना गरेका थिए । राजदूत बोडे रिसाउनका खास कारण नेपालका भूकम्प पीडितका लागि रहत लिएर आएको विमान नेपालबाट स्वीकृत नपाएका कारण तीन दिनदेखि जापानमा होल्ड भएर बसेको थियो । त्यहाँ बस्दा दैनिक पाँच लाख डलर खर्च भइरहेको राजदूत बोडेले बताएका थिए । अमेरिकी विमानले बढी भार लिएर आएको भन्दै आउन अनुमति नदिएको बताइन्छ । 

उक्त विमानको भार क्षमता २ सय ६६ टन भएको बुझिएको छ । तर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको भारवहन क्षमता १ सय ९६ टन छ । तर, बढी भारको कुरा मिथ्या भएको पनि राजदूत बोडेले नेताहरुसँग बताएका थिए &#2#2404; नेपालको विमानस्थलको क्षमता भन्दा बढी भार नल्याईएको भन्दै बोडेले यदि आफ्नो देशको विमानका कारण यहाँको विमानस्थलको घावन मार्गमा केहि टुटफूट भए आफुले बनाइदिने सम्म बताएका थिए । नेपालको विमानस्थलमा भारतीयहरुको दादागिरी चल्नु तर अमेरिकी सहायता बोकेर आएको विमान आउन नपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

मंगलबार विहानसम्म जापान मै रहेको सो विमान अहिलेसम्म आए नआएको थाहा हुन सकेन । यस बारेमा बुझ्न मन्त्री अमात्यलाई उनको मोबाइल नम्बर९८५१०७९५६२ मा फोन गर्दा उनकी पत्नीले फोन उठाएर ‘मन्त्री मोबाइल चार्जमा छाडेर बाहिर निस्केको बताइन् ।’
Powered by Blogger.