ट्वीटरमा भाइरलःभारतीय मिडिया घर जाऊ
काठमाडौं, वैशाख २१ । भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ ।
भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्युज च्यानलहरुको आलोचना भएको हो ।
उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको विषयमा समाचार प्रकाशित भएको थियो । आइतबार बिहान सुरु गरेको यो अभियान यति चर्चित हुनुपछाडिको रोचक कारण चाहिँ भारतीय दर्शकहरुले नै समर्थन गर्नु हो ।
नेपालमा भारतविरोधी मनोविज्ञान हावी छ भनी भारतीय राजनीति वृत्तले जिकिर गर्दै आए पनि भारतीय मिडियाको आलोचना गर्नेमा नेपालीभन्दा भारतीय नै बढी भेटिएको आइतबारको ट्वीटर ट्रेन्डिङले देखाएको छ ।
‘उज्ज्वल ९९९’ नामक नेपाली ट्वीटर हयान्डलबाट ‘भारतीय सञ्चारकर्मीलाई स्वदेश फर्काऊँ’ भन्ने ट्वीटबाट सुरु यो अभियान आइतबार अपराह्नमा त ट्वीटरकै एक नम्बर ट्रेन्डिङमा परेको थियो । समाचारलाई सनसनीपूर्ण बनाउने नाममा भारतीय टिभीले गर्ने अतिरन्जनाप्रति भारतकै दर्शकले समेत लामो समयदेखि आलोचना गर्दै आएका थिए । तर च्यानलहरुले यसको उत्कर्ष देख्नचाहिँ नेपालकै महाभूकम्प पर्खनुपर्यो । इमरान नामक भारतीय प्रयोगकर्ताले नै लेखेका छन्, ‘प्रिय नेपालीहरु ।
तिमीहरुले त एक सातायतामात्रै भारतीय मिडियालाई खपिरहेका छौ । हामी त पहिल्यैदेखि हरेक दिन झेल्न बानी परेका छौं ।’ आकाश टन्डन नामक अर्का भारतीय प्रयोगकर्ताले भारतीय टिभीको चल्तीको प्रश्न नक्कल गर्दै लेखेका छन्, ‘विश्व आज तिमीलाई गिज्याइहेको छ, भारतीय मिडिया ।
मेरो प्रश्न छ, ‘आपको कैसा लगरहा है ?’ ट्वीटर ट्रेन्डिङमा नेपाल विरलै पर्ने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र भर्खरैको भूकम्पका बेला नेपाल ट्रेन्डिङमा परेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।