आइतबार मात्रै भूूकम्पका ८ धक्का महसुस
काठमाडौं,वैशाख २१ । आइतबार बिहानदेखि बेलुुकीसम्म ४ रेक्टर र त्यसभन्दा माथिका ८ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोक र धादिङ केन्द्र बनाएर ३–३ वटा भूकम्प गएका छन् । सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान ३ः२९ बजे ४.५ रेक्टर ,साँझ ६ः५८ बजे ४.० र बेलुका ८ः३७ मा ४.२ रेक्टर स्केलको भूूकम्प गएको हो ।
यस्तै धादिङ केन्द्र बनाएर बिहान ४ः२४ बजे ४.०, बिहान ८ बजे ४.१ र १०ः४६मा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
बिहान ५ः४७ बजे गोरखा केन्द्र बनाएर ४.० र साँझ ५ः२० बजे नुवाकोट केन्द्र बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको भट्टराईले बताए ।
केन्द्रले ४ रेक्टरभन्दा तलका भूकम्पको अपडेट गर्दैन। आजको कान्तिपुर दैनिकमा खबर छ ।

.jpg)