मनोरञ्जन क्षेत्रका लागि छुट्टै कानुन आवश्यक
मकाठमाडौं । महिलाको हकहितका लागि काम गरिरहेको महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्रका लागि छुट्टै कानुन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
महिलाको निम्ति महिला मञ्च नेपालले अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको बर्तमान अवस्था र कानुनी प्रावधान विषयक अन्तक्र्रियामा बोल्दै अधिवक्ता टिकाराम पोखरेलले सरकारले ल्याएको कानुनले सम्पूर्ण कुरालाई नसमेटेको गुनासो गर्नुभयो ।
उहाँले सरकारले उपेक्षा गरेको क्षेत्र मनोरञ्जन भएको भन्दै बलियो कानुनका लागि लड्न आवश्यक रहेको बताउनुभयो । स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन अन्तर्गत होटल रेष्टुरेन्ट महासङ्घका महासचिव दिपक सापकोटाले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाका अधिकारका लागि श्रमसम्बन्धी तालिमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । मञ्चका अध्यक्ष सृजना पुनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई सङ्गठित गर्दै उनीहरुको श्रम अधिकार र मानवअधिकार सुनिश्चित गर्न आफ्नो संस्थाले काम गरेको बताउनुभयो ।
महिलाको स्थानागमन अधिकारका लागि सञ्जालकी संयोजक अस्मिता सापकोटाले वैदेशिक रोजगार होस् या मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्थानागमन अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विश्वास नेपालकी बालकुमारी आले, समावेशी मञ्चका बद्री पुन, सभ्य मिलन समाजका अशोक पाण्डे, महिलाका निम्ति महिला मञ्चकी सदस्य सोनीया लामा, गण्डकी दोहरी साँझकी सुनिला गुरुङ, लगायतले मनोरञ्जन क्षेत्रलाई सम्मानका साथ राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष पुनले आगामी १५ गते दोश्रो राष्ट्रिय भेला गर्न लागेको र देशभरका २०० प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । भेलामा मनोरञ्जन क्षेत्रमा महिलाले भोगेका समस्यालाई सामूहिकरुपमा छलफल गरी त्यस क्षेत्रका समस्यालाई समाधान गर्न सरकारलाई आवश्यक सुझाव दिने जानकारी गराउनुभयो ।