Header Ads

अपडेट: शनिबार पनि दोलखालाई केन्द्र विन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्प

काठमाडौँ, जेठ ९ । शनिबार १ वजेर १४ मिनेट जाँदा दोलखालाई केन्द्र विन्दु वनाएर ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको छ। वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्किेलको भूकम्प पछि सानासाना पराकम्पनहरु आउने क्रम जारी रहेको छ।
ठूलो भूकम्प पश्चात साना धक्काहरुले कुनै असर नगर्ने तर सचेत हुन विज्ञहरुले आग्रह गरेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हिजो शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७:१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

शुक्रबार राति पौने नौ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि बेलुका ६:४९ बजे सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४।० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । यो साताकै दुई ठूला भूकम्पको धक्का शुक्रबार महसुस भएको छ ।

 धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४:४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो। त्यही स्केलको भूकम्प हुम्ला केन्द्र भएर गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको तालिका

Powered by Blogger.