भुकम्प पीडितलाई राहात बाड्दै गाउँगाउँमा, कतारका नेपाली कलाकार
घनश्याम पराजुली ( कृष्ण) , दोहा । अन्तराष्ट्रिय कलाकार मञ्च कतारको पहलमा विनासकारी भुकम्पको पिडाले छट्पटाईरहेका ६ जिल्लाका नेपालीहरुको घरमा नै पुगेर कलाकारहरुले राहात वितरण गरेको छन ।
मञ्चका भुपेन्द्र रिठ्ठा मगर, महासचिव बविन राई र गायिका इन्दिरा शाहको संयोजकत्वमा ३ समुह बनाएर गाउँगाउँमा पुगी राहात वितरण गरिएको छ ।
मञ्चका सह कोषाध्यष कुमार लामा सदस्यहरु कन्चन राई , कमल परियार बिक्कल थापा, साबी थापा, ईमानजङ्ग बानिया लगायतका कलाकारहरु साथै स्थानियहरुको सहयोगमा राहात वितरण गरिएको हो । उक्त कलाकारहरुको टोलीले दोलखा जिल्लाको नाम्दु गाविसमा १२० वटा त्रिपाल, गोर्खा ताप्लेका ७० घर परिवारलाई चामल, तेल, नुन र चिउरा वितरण गरेको थियो । त्यस्तै नुवाकोटको सात दोवाटोका ६ वटा वडामा खाध्यान्न सामाग्री तथा त्रिपाल वितरण गरेको हो । उक्त गाउँका एकल महिला भएको घर, स्वास्थ्यचौकी र वस्ने ठाउ नै नभएका घरमा राहात वितरण गरिएको हो ।
नुवाकोटको दरवार परिसरमा समेत त्रिपाल वितरण गरिएको छ त्यस्तै एस्पायर एकेडमी कतारले सहयोग गरेको लत्ताकपडा समेत वितरण गरियो । सुरेन गुरुङ्गको पहलमा एस्पायर एकेडमीले सहयोग गरेको हो । सिन्धुपाल्चोकको पाटिगाउँमा १५० घरपरिवारलाई साध्यान्न लगायत लत्ताकपडा वितरण गरियो । मञ्चबाट खटेका कलाकारहरुले रसुवाको भोर्ले ५ मा ६ वटा परिवारलाई ३ हजारका दरले नगद सहयोग गरेको थियो त्यस्तै भोर्ले ४ मा गोसाईकुण्ड समाज कतारका प्रतिनिधी कर्म सिंलाई राहात बाड्ने गरी ८२ हजार हस्तान्तरण गरिएको छ । उक्त ठाउको आवश्यकता हेरेर उनले सहयोग वितरण गर्ने छन ।
समेत राहात वितरण गरेको छ । धादिङ्गमा समेत राहात वितरण गरिदैछ । कतारमा पहिलो चरणमा गरिएको सहयोग अभियानमा १० लाख रुपैया उठिसकेको मञ्चका अध्यक्ष भविन्द्र तामाङ्गले बताए । नेपालमा करिव ८ लाख बराबरको राहात वितरण भईसकेको र बाँकी राहात वितरणको काम सुचारु रहेको उनले जानकारी दिए । त्यस्तै मञ्चले कतारी रियाल २० हजारका हाराहारीमा टेन्ट, लत्ताकपडा, बलाङकेट र कम्मल लगायतका साम्रगीहरु पठाएको छ । कतारका विभिन्न कम्पनीहरु तथा कामदारहरुको विशेष पहलमा उक्त सामाग्री नेपाल पठाउन सफल रेहको अध्यक्ष तामाङ्गले बताए ।
आफ्ने घर भत्किएको छ तथापी यस विपतको बेलामा राहात वितरण गर्न विकट जिल्लाका गाउँगाउँमा पुगेको राहात वितरणमा खटिएकी गायिका ईन्दिरा शाहले बताईन । उनले राहात वितरण कार्यलाई सक्रिय रुपमा अघाडी बढाएकी थिईन । उनी भन्छिन ‘विविध कठिनाईका बाबजुद पनी हामी विभिन्न ठाउमा खटिएका छौ , थोरै धेरै राहात भयो होला सबैलाई पुर्ण रुपमा खुसी बनाउन सक्ने अवस्था नभएपनी जती सक्दो सहयोग गर्यौ ।’ मञ्चलाई कतारमा कार्यरत मलेसियन नागरकि इश्वरी सचियानाथनले ७ सय किलो बरावरको राहात सामाग्री उपलब्ध गराएकी छिन । उनले चामल, चाउचाउ, बच्चाको लागी लत्ताकपडा , तेल, विष्कुट, दुध, टावल, बलाङकेट लगायत १५ थरीका सामाग्री मञ्चका अध्यक्ष तामाङ्गलाई हस्तान्तरण गरेकी हुन ।
मञ्चलार्य क्रावन प्लाजा लगायत विभिन्न विदेशीहरुले समेत सहयोग उपलब्ध गराएका थिए । कलाकार मञ्च कतारको पहीलो चरणको अभियान अन्तरगत राहात वितरण कार्य रहेको अध्यक्ष तामाङ्गले बताए । यो अभियान मेईको अन्तिम दिन सम्म चल्ने ततपश्चात दोश्रो अभियान अन्र्तगत पुर्ननिर्माणका लागी सहयोग गर्ने उनले बताए । दोश्रो अभियानबाट विकट गाउँका स्कुल निमार्णमा कतारका कलाकारहरु जुट्ने उनले जानकारी दिए ।
मातृभुमिको यस दुखको समयमा कतारमा कार्यरत सबै कलाकारहरु एकजुट भएर सहयोग अभियानमा लागेको थियो । सहयोग अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गरिरहेका कलाकारहरुलाई अध्यक्ष तामाङ्गले आभार प्रकट गरेका छन । उनले सहयोग रकम उचित ठाउँमा सदुपयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । मञ्चलले गैर आवासिय नेपाली संघको राहात कोषलाई समेत १ लाख ५१ हजार १ सय ५१ रुपैया सहयोग प्रदान गरेको छ । (तस्विर सौजन्य: अन्तराष्ट्रिय कलाकार मञ्च कतार)