Header Ads

रात्री बस पल्टिँदा २९ जना घाईते, ७ जनाको अवस्था गम्भीर

बर्दिया । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको कर्तनिया बजार नजिक रात्री बस पल्टिँदा २९ जना घाईते भएका छन्।

 धनगढीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ५६५९ नम्बरको रात्री बस कर्तनिया बजार नजिक साईकल यात्रीलाई बचाउन खोज्दा मंगलबार बेलुकी साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाईते सबैलाई स्थानियबासिन्दा र प्रहरीले उद्धार गरी उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको स्थानिय जीवन पन्थीले जानकारी दिए।

 घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
Powered by Blogger.