खाननमिल्ने यस्तो चामल दिईयो भूकम्पपीडितलाई ?
भरतपुर, जेठ १३ । चितवनको दारेचोकमा २ सय भूकम्पपीडितलाई कुहिएको चामल वितरण भएको पाइएको छ । राहतस्वरुप प्राप्त खाद्यान्न गाविस सचिवले वितरण गरेका थिए ।
खाननमिल्ने चामलको नमुना लिएर स्थानीय घननाथ सापकोटा मंगलबार सदरमुकाम आएका थिए । उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चामल देखाए ।
‘ठूलाबडाका घरमा पालिएको कुकुरले पनि त्यस्तो चामलको भात खाँदैन,’ सापकोटाले भने ‘तर भूकम्प पीडितलाई खान दिइयो ।’
उपस्थित जिल्लाका सभासद्, सरकारी कार्यालयका प्रमुखर राजनीतिक दलका नेता आश्चर्य परे । निष्पक्ष छानविन गरी कुहिएको चामल वितरण गर्नेलाई कानुनी कारबाही हुनुपर्ने माग उनीहरुले राखे ।खाननमिल्ने चामलको नमुना लिएर स्थानीय घननाथ सापकोटा मंगलबार सदरमुकाम आएका थिए । उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चामल देखाए ।
‘ठूलाबडाका घरमा पालिएको कुकुरले पनि त्यस्तो चामलको भात खाँदैन,’ सापकोटाले भने ‘तर भूकम्प पीडितलाई खान दिइयो ।’

कान्तिपुर दैनिकमा खबर छ ।
