भूकम्पपीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गर्न प्रधानमन्त्रीको अनुरोध !
काठमाडौँ, वैशाख २१ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई बुद्धका वाणी र व्यवहारलाई स्मरण गरी भूकम्पपीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
पच्चीस सय ५९ औँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले अहिंसा, सत्यवादिता, अपरिग्रह, पारस्पारिक सहयोग र परोपकारका लागि दिनुभएको सन्देश शाश्वत छन् भन्दै प्राकृतिक प्रकोप, हिंसा र द्वन्द्वको असैह्य पीडा भोगेको नेपाली समाजका लागि बुद्धले देखाउनु भएको शान्तिको मार्गको विकल्प नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले सन्देशमा आपसी सद्भाव, सहकार्य, एकता र मेलमिलाप नै प्राकृतिक प्रकोपबाट जोगाउने शक्ति भएका र त्यस्ता प्रकोपको पीडाबाट बाहिर निस्केर विकासलाई गति दिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले जनताको सुख र समृद्धिका लागि कार्यरत सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्तासहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई राहत कार्यमा जुट्दै भगवान् गौतम बुद्धले देखाउनु भएको शान्ति र सद्भावको मार्ग अवलम्बन आग्रह गर्नुभएको छ ।
कठोर साधनाद्वारा भगवान गौतम बुद्धले प्राप्त गर्नुभएका ज्ञान आज पनि उत्तिकै सान्दर्भिक रहेका र तिनले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट उन्नतिको बाटो पहिल्याउन प्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री कोइरालाले नेपालका राष्ट्रिय विभूति एवम् एसियाका तारा गौतम बुद्धको जीवन र ज्ञानका समग्र पक्षको अध्ययन अनुसन्धान गर्दै तिनको प्रचार प्रसार गरेर नेपालको गौरव अझ अभिवृद्धि गराउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
यही वैशाख १२ गतेको अकल्पनीय भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले समस्त नेपाली मर्माहत भएको समयमा हामी २५५९ औं बुद्ध जयन्ती मनाउन लागिरहेका स्मरण गराउँदै विपत्को यस घडीमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पच्चीस सय ५९ औँ बुद्ध जयन्तीले आफ्नो धर्म, संस्कृति र परम्पराप्रति आस्था राख्ने सबैलाई शान्ति र अहिंसालाई पालना गर्दै सत्कर्ममा लाग्न सबैलाई प्रेरणा दिन सकोस्,भगवान् गौतम बुद्धको शान्ति र अहिंसाको मार्ग अवलम्वन गर्दै स्वदेशमा मात्र हैन विश्वमा शान्ति फैलाउने कार्यमा नेतृत्व लिन नेपालीलाई प्रेरणा प्राप्त हुन सकोस् भन्ने कामना प्रधानमन्त्रीले गर्नुभएको छ ।