Header Ads

मलेसियामा ३२ नेपाली श्रमिक यसरी परे पक्राउ

मलेसिया । मलेसियामा अवौधानिकरुपमा काम गरिरहेको अवस्थामा ३२ जना नेपाली पक्राउ श्रमिक परेका छन् ।

 अवैधानिक विदेशी कामदारविरुद्ध धरपकड गरिरहेको मलेसियाको अध्यागमन विभागले केहडा राज्यको एक ग्लोब कम्पनीमा कार्यरत ती नेपालीलाइ पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ ।
उनीहरुलाई कम्पनीमा काम गरिरहेकै अवस्थामा सोमबार पक्राउ गरिएको वार्नामाले उल्लेख गरेको समाचार छ । सो कम्पनीबाट मात्रै ३२ नेपालीसहित ५४ जना आप्रबासी कामदार पक्राउ परेका समाचारमा जनाइएको छ ।
मलेसिया सरकारले एक वर्षदेखि अवौधानिक कामदारविरुद्ध ‘मलेसिया छोड अभियान’ सञ्चालन गरेको छ । अवैधानिक रहेका विदेशी कामदारलाई यहाँको अध्यागमन कार्यालयमा गएर आत्मसम्र्पण गरी घर फर्कने मौका दिइएको छ ।

 अवैधानिक कामदारले यहाँको सरकारले तोकेको जरिवाना तिरेर घर जान सक्ने प्रावधानको बेवास्ता गरी नेपाली श्रमिक अवौधानिकरुपमा काम गरिरहेका छन् ।

सोमबार प्रक्राउ पर्नेमा नेपालीसहित वंगलादेशी, म्यानमार, इन्डोनेसिया, चिनियाँ र फ्रान्सेली नागरिक रहेको समाचारमा जनाइएको छ ।
Powered by Blogger.