Header Ads

सुनको भाउ आज २ सयले घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

मंगलबार छापावाल सुन तोलाको ५२ हजार ५ सय र तेजाबी सुन ५२ हजार २ सय ५० रुपैयाँमा किनबेच भएकोमा बुधबार २ सय रुपैंयाले घटेर तोलाको ५२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घटेर ५२ हजार ५० रुपैयाँमा झरेको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
Powered by Blogger.