प्रियंकाको अफर श्रद्धाले मानिनन्, किन ?
एजेन्सी । बलिउडमा विभिन्न खालका गसिपले सधै नै चर्चा पाइरहेका हुन्छन् । कलाकारहरुको गसिप त बलिउड बजारमा सधै नै छाइरहन्छ । बलिउडमा अहिले प्रियंका चोपडा र श्रद्धा कपुरको चर्चा पनि खुबै छ ।
यही चर्चाको समयमा एउटा खबर आएको छ, जसले श्रद्धाको व्यस्ततालाई दर्शाउँछ । श्रद्धा कपुरले नायिका प्रियंका चोपडाको अफरलाई अस्विकार गरेकी छिन् ।
प्रियंका आफ्नो प्रोडक्शनमा ‘म्याडम जी’ नामक चलचित्र बनाउँदैछिन् । पि्रयंका यो चलचित्रको मुख्य भूमिकामा देखिने तयारीमा छिन् ।यही चर्चाको समयमा एउटा खबर आएको छ, जसले श्रद्धाको व्यस्ततालाई दर्शाउँछ । श्रद्धा कपुरले नायिका प्रियंका चोपडाको अफरलाई अस्विकार गरेकी छिन् ।

तर, उनले चलचित्रको एक विशेष भूमिकाका लागि श्रद्धा कपुरलाई अफर गरेकी थिइन् । त, श्रद्धाले प्रियंकाको अफरलाई अस्विकार गरेकी हुन् । श्रद्धासँग अहिले प्रियंकाको चलचित्र गर्ने समय नै छैन ।
यसैले समय नमिलेका कारण उनले प्रियंकाको अफरलाई अस्विकार गर्नुपरेको हो । तर, यो अफरले दुई नायिकाको सम्बन्धलाई विगार्छ कि भन्ने चर्चा पनि चलेको छ ।
