Header Ads

रेखाले गरिन प्राविधिकलाई १ लाख सहयोग

काठमाडौं । बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित भएका प्राविधिकहरुलाई नेपाली चलचित्रक्षेत्रका चर्चित मुहारहरुले आर्थिक सहयोग सगैं राहत सहयोग गरेका छन् ।

 नेपाल चलचित्र प्राविधीक संघको कल्याणकारी कोषमा नायिका रेखा थापाले १ लाख, अमेरिकामा बस्ने नम्रता श्रेष्ठ, शीला चन्द र प्रेरणा भुषालले संयुक्त रुपमा ५० हजार ,कलाकारहरु बसुन्धरा भुषाल, भूवन चन्द र चैत्य देवीले १० १० हजार, जोगिन गजमेरले २५ हजार आर्थिक सहयोग गरेका छन् भने नायिका करिश्मा मानन्धरले ब्लाङ्केट, कलाकार दयाहाङ राइले कम्मल र कलाकार सरिता गिरीले त्रिपाल उपलब्ध गराएका चलचित्र प्राविधिक संघका अध्यक्षले जानकारी दिए ।

 दोश्रो चरणमा छुटेका प्राविधीकहरुलाई राहत वितरण गर्दै चलचित्र प्राविधिक संघले ६५ जना प्राविधीकलाई चामल, नुन, दाल प्रदान गरिएको थियो ।

करिब ३ सय प्राविधीक भूकम्पबाट प्रत्यक्ष पीडित भएका अध्यक्षले जानकारी दिएका छन् । नेपाल चलचित्र प्राविधीक संघको कल्याणकारी कोषमा जम्मा हुदैं जाने अन्य रकमहरु भने आपत्त परेको बेला सहयोग गर्ने बताइएको छ ।
Powered by Blogger.