आठ महिने पर्यटनमन्त्री अमात्यलाई हटाउनुका आठ कारण
अमात्यलाई मन्त्रीबाट हटाउनुको कारण अमेरिका भ्रमणदेखि खनालको व्यापार घाटासम्मकाठमाडौं । एमाले सचिव भीम आचार्यलाई गलहत्याएर संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री बनेका दिपक अमात्यमाथी आठ आरोप लागेका छन् । पार्टीको स्थापनपक्षले अमात्यलाई आठ आरोप लगाउँदै मन्त्रीबाट राजिनामा दिन बाध्य पारेको खुल्न आएको छ । आठ महिना मन्त्रीको जिम्मेवारीमा रहँदा आमात्यले कुनै पनि ठोस काम गर्न नसकेको र पार्टीलाई जानकारी नै नगराई मनलाग्दी ढंगमा व्यक्तिगत काममा पदको दुरुपयोग गरेको भन्दै एमाले भित्र उनको चर्को आलोचना भएको थियो ।
पार्टीमा झलनाथ खनाल निकटका अमात्यले अध्यक्ष केपी शर्मा ओलीलाई टेरपुच्छर नलगाएकाले पनि उनको आलोचना हुँदै आएको थियो । र, एक साताअघि ओलीले अमात्यलाई तत्काल मन्त्रीबाट राजिनामा दिन दबाब दिएका थिए । २८ भदौमा भीम आचार्यलाई हटाएर मन्त्री बनेका अमात्यमाथी आठ आरोप लागेका छन् । अमात्यलाई मन्त्रीबाट हटाउनुको कारण अमेरिका भ्रमणदेखि खनालको व्यापार घाटासम्म रहेको उनी निकटले बताएका छन् । पछिल्लो समय अमात्यको एमाले वरिष्ठ नेता खनालसँग पनि दुरी बढेको थियो ।
खनालपत्नी राज्यलक्ष्मीले संचालन गरेको क्यान्सविरुद्धको औषधी उद्योगमा व्यापक घाटा भएको र त्यसलाई पूर्ती गर्न अमात्यले भूमिका नखेलेका कारण अमात्य–खनालबीच सम्बन्ध चिसिएको थियो । खनाल प्रधानमन्त्री हुनेबेला पत्नी राज्यलक्ष्मीले हेटौंडामा लालको खोटोबाट क्यान्सरविरुद्धको औषधी उत्पादन गर्ने उद्योग सञ्चालन गरेकी थिइन । उक्त उद्योगमा साझेदार अमात्यपनि थिए । नेपाल बायूसेवा निगम, नागरिक उड्य प्राधिकरणमा जिएम नियुक्त गर्न नसकेको अर्काे आरोप पनि उनलाई लागेको छ ।
यस्ता छन, अमात्यले मन्त्रीपदबाट राजिनामा दिनुका खास आठ कारण –
१. पार्टीलाई जानकारी नै नगराई श्रीमतीसँग अमेरिका गएको ।
२. अध्यक्ष केपी ओलीप्रति उत्तरदायी नभएको ।
३. नेपाल एयरलाइन्समा जीएम नियुक्त गर्न नसकेको ।
४. पर्यटन बोर्डमा सिइओ नियुक्त गर्न नसकेको ।
५. नागरिक उड्ययन प्रधिकरणमा सिइओ नियुक्त गर्न नसकेको ।
६. मन्त्रालयको काममा पार्टीसँग समन्वय नगरेको ।
७. लुम्बिनी विकासमा प्रभावकारी कदम चाल्न नसकेको ।
८. लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलक निर्माणमा उचित पहल नगरेको ।
Source : yeskathmandu.com

