Header Ads

गृहमन्त्री गौतम म्याग्दीको बेनीमा, मुलककै ठुलो जलविद्युत गृह बन्द

म्याग्दी, जेठ १० । आइतबार मध्यरातमा आएको पहिरोले थुनिएको कालिगण्डकी नदी निरीक्षण गर्न गृहमन्त्री वामदेव गौतम म्याग्दीको बेनी पुगेका छन्।

 पहिरोका कारण म्याग्दीको भगवती र राम्चे गाविसको सीमामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएपछि नदीलाई खुलाउन काठमाडौंदेखि गएको नेपाली सेनाको प्राविधिक टोलीले पहिरो चलिरहेकोले तत्काल नदी खुलाउन केही गर्न नसकिने बताएको छ।

 अहिले नदीको तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा पठाइसकिएको प्रहरीले जनाएको छ।
  मुलककै ठुलो जलविद्युत गृह बन्द kaligandaki आइतबार रातिदेखि गएको भिषण पहिरोले कालीगण्डकी नदी थुनेपछि मुलुककै सबैभन्दा ठूलो कालीगन्डकी–ए विद्युत गृह बन्द भएको छ। बिहान एघार बजेदेखि विद्युत उत्पादन कार्य बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका भुवनमुमार क्षेत्रीले बताए । संभावित जोखिम कम गर्न कालीगन्डकीको स्याङ्जाको मिर्मिस्थित बाँधका सबै ढोका खुल्ला गर्न सुरु गरिएको छ । यो विद्युत गृहबाट १ सय ४४ मेगावाट बिजुली उत्पादन हुँदै आएको थियो ।
Powered by Blogger.