Header Ads

मिति: वि.सं.२०७२ साल जेठ १३ गते । बुधबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-05-27 तारिख, गृष्म ऋतु। ज्येष्ठ शुल्कपक्ष। नवमी तिथि, जेठ १३ गते । बुधबार । अनुसार तपाईंको राशी यस प्रकार छ !


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries घरेलु काममा अलमल बढ्नेछ। यसले व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। उपलब्धि राम्रै पाइनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। अपराह्नबाट प्रतिष्ठित काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धा गरेरै अधिकार स्थापित गर्न सकिनेछ।


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus विगतका निर्णयले केही अप्ठ्यारोमा परिने देखिन्छ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, साथीभाइसँग प्रतिस्पर्धाको वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ। अपराह्न ३ः२० बजेदेखि व्यापार, पशुधन र जमिनको कारोबारबाट लाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ।


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Gemini उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। अपराह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancer विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। अपराह्नपछि अलि प्रतिस्पर्धा गर्नुपर्ला। काम भने बन्नेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leo तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।


कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgo केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउने समय छ। सोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ होला। साँझतिरको पारिवारिक भेटपछि आत्मबल बढ्नुका साथै काम पनि बन्नेछ।


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libra गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। साँझदेखि केही मात्रामा खर्च बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। स्थान परिवर्तन वा टाढाको यात्रा हुने योग छ।


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpio आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। साँझबाट आम्दानी बढ्ने र व्यापारमा पनि प्रशस्त फाइदा हुने देखिन्छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittarius समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तर, सानातिना काममा महत्वपूर्ण समय खर्चनुपर्ला। ठूलो आशा देखाउनेहरूबाट धोका पाइने समय छ। साँझदेखि कर्मसिद्धि र प्रतिष्ठा पाइने योग छ। कीर्तिमानी काम सम्पादन होला।


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricorn काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले साथ दिनाले फाइदै हुनेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। साँझपछि गरेका काममा विशेष फाइदा होला।


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquarius सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। साँझदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Pisces काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। साँझपछि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर आउनेछ।


Powered by Blogger.