हावाहुरीसँगै आएको चट्याङ लागेर १५ जना घाइते
काभ्रे । हावाहुरीसँगै आएको चट्याङ लागेर पोखरीचौरी ५ मा १५ जना घाइते भएका छन्।
२५ बर्षीय रेवतीप्रसाद गौतम, २२ बर्षीय राजकुमार गौतम, १८ बर्षीय अर्जुन तिवारी लगायत १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलका डिएसपी राजकुमार केसीले जानकारी दिए। घाइतेको इलाका स्वास्थ्यचौकी ढाडखर्कमा उपचार गरिएको छ।
चट्याङ पछि भएको आगालागीमा सोही वडाका ३ घर जलेर नष्ट भएका छन्। स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।
चट्याङको उच्च जोखिम रहेको डाँडाँपारी क्षेत्रमा भने सञ्चार सम्पर्क नभएकाले क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ।
समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।