Header Ads

मलामीबाट फर्किएर पत्नीको हत्या, पस्किएको भात पनि खान पाइनन् गीताले

सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् । सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राती हत्या गरेका हुन् ।

दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राती आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासी पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए । प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।
 खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए ।

 गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो । उनीहरूको चार वर्षका छोरा छन् ।

मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

 मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
Powered by Blogger.