Header Ads

बेनी बजार खाली, बैसेरीमा २६ घर पुरिए - तस्बिरसहित

म्याग्दी, जेठ १० । म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएपछि कालिगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती खालि गरिएको छ । राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले कालिगण्डकी नदी राती करिब २ बजेदेखि थुनिएको हो ।

राम्चे– ९ मा पर्ने पहाड खसेर वैसरीमा कालिगण्डकी थुनिएपछि ठूलो ताल बनेको छ । नदी थुनिएर बनेको ताल फुटेर बस्ती बगाउन सक्ने खतरा बढेपछि त्यस भन्दा तल रहेका म्याग्दीको घुमाउनेताल, गलेश्वरबजार, सदरमुकाम बेनी बजारका सर्वसाधारण सुरक्षित स्थानमा पुगेका छन् ।

बेनीबजारका सबै सर्वसाधारण अर्थुङेको पाखातिर गएर सुरक्षित स्थानमा बसेका छन् । बजार रातीदेखि नै लगभग खाली बनेको छ । त्यस्तै कालिगण्डकी नदी किनारमा रहेको पर्वतको बगरफाँट र पर्वत बेनीका बासिन्दाहरु समेत बस्ती छाडेर माथिल्लो सुरक्षित स्थानमा पुगेका छन् ।

बैसेरीमा २६ घर पुरिए
म्याग्दीको उत्तरी बैँसरीमा खसेको भीषण पहिरोले मध्यरातदेखि कालिगण्डकी थुनिँदा बैसेरीका २६ घर पुरै पुरिएको छ ।

राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले भिषण रुप लिँदा कालिगण्डकी नदी थुनिएको र त्यहाँ रहेका २६ घर पूर्ण रुपमा पुरिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विमल उपाध्यायले जानकारी दिए ।
Powered by Blogger.