सचिनसँग मिस नेपाल श्रृष्टीको बोल्ड अवतार (फोटो फिचर/भिडियो)
काठमाडौं । बलिउडमा जम्न सकिन्छ कि भनेर मिस नेपाल हुँदा देखीनै श्रृष्टी श्रेष्ठले खुवै भारत धाईन् । तर खासै स्थान नपाएपछि मिस नेपाल हुँदा खुबै चर्चा पाएपछि एकाएक हराएकी उनै श्रृष्टी पोर्न चलचित्रबाट बलिउड छिरेकी सन्नी लियोनीको गित मार्फत देखा परेक छिन् । बलिउड नायिका सन्नी लियोनीको असफल चलचित्रमा पर्ने ज्याकपोर्टको कभी जो बादल बर्षे बोलको गीतमा श्रृष्टी देखा परेकी छिन् ।
भारतको चर्चित म्यूजिक कम्पनी टीसिरिजले आफ्नो युटुब च्यानलमार्फत मंंगलबार सार्वजनिक गितमा श्रृष्टी बोल्ड अवतारमा देखीएकी छिन् । गीतमा श्रृष्टीसँगै चलचित्र ज्याकपोर्टका नायक सचिन जोशी पनि छन् । तर, भिडियोको क्रेडिटमा सचिनको नाम उल्लेख भएपनि श्रृष्टीको नामो निसान छैन । बलिउडमा जम्न नेपाल भन्दा भारतमै समय कटाइरहेकी श्रृष्टीलाई यो गीतले बलिउडको ढोका खुल्ला गर्ने हो वा पहिलो र अन्तिम स्वाद दिलाएर फर्काउने हो यो समयले नै बताउनेछ ।
