महाभूकम्पले तहसनहस भएपछी टेन्टघरबाटै चल्छन् सेना–प्रहरी
काठमाडौं,जेठ ५ । शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले कार्यालय बस्न नहुने बनाएपछि प्रधान सेनापति गौरवशमसेर राणाको कार्यालय चौरमा खुम्चियो । विदेशी प्रतिनिधि भेट्नेदेखि कार्यालयका दैनिक काम उनी मुख्यालयको चौरमा टाँगिएको टेन्टबाटै गरिरहेका छन् ।
उनको कार्यालय मात्रै हैन, भूकम्प र त्यसका अनुकम्पनबाट सैनिक मुख्यालयका रथी, उपरथीको कार्यालय, विभाग, निर्देशनालय, महाशाखा, शाखा अधिकांश भवन बस्न अयोग्य भएपछि सबै कार्यालय टेन्टमा आइपुगेका छन् । प्रधानसेनापतिको सरकारी निवास शशि भवनले समेत भूकम्पको कम्पन र पराकम्पन धान्न सकेन । वैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा राणा पाकिस्तान जाने तयारीमा थिए ।
उनी बाथरुममा नुहाइरहेका बेला भूकम्प आयो । राणाकालीन सो भवनले भूकम्पको पहिलो धक्का धान्न सकेन । भूकम्पको धक्का मत्थर भएसँगै सैनिक अधिकारीहरु निवासभित्र छिरेर राणा र उनको परिवारका अन्यलाई सुरक्षित खुला स्थानमा ल्याएका थिए । त्यसपछि उनी सरकारी निवास छिरेका छैनन् ।
आजको नागरिक दैनिकमा खबर छ । यस्तै अवस्था छ नक्सालस्थित प्रहरी प्रधान कार्यालयको । हेडक्र्वाटरमा रहेका भवनमध्ये सबैभन्दा पुरानो भवनमा प्रहरी महानिरीक्षकको सचिवालय राखिएको थियो ।
पहिलो भूकम्पबाट सामान्य क्षति पुगेको सो भवनलाई शक्तिशाली पराकम्पनले बस्न अयोग्य बनाएपछि आइजी सचिवालयका सबै अधिकारी टेन्टमा बसेर समन्वयको काम गरिरहेका छन् ।