राष्ट्रिय झन्डाले सम्वेदनशील अंग छोपेपछि मोडल र आयोजक तनावमा
काठमाडौँ, जेठ ५ । ‘देश रहे हामी रहन्छौँ ।’ हाम्रो देशको गौरव हाम्रो शान हो । राष्ट्रिय झन्डालाई सम्मानका साथ फहराइएमात्र हामी हुन्छौँ । तर यतिखेर पश्चिम नेपाल अर्थात् पोखरामा फेशन शो कार्यक्रमको शोभा बढाउन राष्ट्रिय झण्डाको दुरुपयोग गरेको पाइएको छ । राष्ट्रिय झन्डाले सम्वेदनशील अंग छोपेपछि राष्ट्रिय झन्डाको दुरुपयोग भएको हो ।
पोखरामा आयोजना भएको फेशन शोमा एक मोडलले लगाएको पहिरनमा नेपालको झन्डा दुरुपयोग भएको छ । मोडल सीमा पाण्डेले पोखरामा आयोजित कार्यक्रममा राष्ट्रिय झन्डाले सम्वेदनशील अंग छोपेकी हुन् । अहिले फेसबुकमा यसको व्यापक विरोध भएको छ । मोडलले लगाएको वान पिस पहिरनको डिजाइनमा राष्ट्रिय झन्डाको दुरुपयोग भएको हो । पाण्डेले आफ्नो कम्मर भन्दामुनि सम्वेदनशील अंगमा राष्ट्रिय झन्डालाई झुकाएर लगाएकी हुन् ।
पोखरामा शुक्रबार बेलुकी गरिएको ‘परिचय नाइट’मा मोडलले यस्तो पहिरन लगाएकी हुन् । भर्खरै फेशन डिजाइन सिक्दै गरेका डिजाइनर मोहन खड्काले डिजाइन गरेको यो बस्त्र पाण्डेले कार्यक्रमको शोभा बढाउन लगाइएको बताए पनि अहिले कारबाहीको विषय बनेको छ । फेशन शोका कोरियोग्राफर नवीन शाक्यले अञ्जानमा गल्ती भएको प्रतिक्रिया दिएका छन् । पहिरन डिजाइन गर्ने मोहन खड्का गुमनाम छन् । फेशन शोको आयोजक आइएफसी हो । मोडल पाण्डेले आफू निर्दोष भएकी बताएकी छिन् । उनले आयोजक र डिजाइनरले दिइएको ड्रेस लिगाएको प्रतिक्रिया दिएकी छन् ।
यस सम्बन्धि कान्तिपुरमा छापिएको आर्टिकल ::
झन्डाको प्रयोग गर्न पाइने सरकारी नियम :
सरकारले राष्ट्रिय झण्डाको अपमान हुने किसिमका कुनै पनि काम गर्ने वा गराउन नपाइने, राष्ट्रिय झन्डा उल्टो गरी राख्न नपाइने, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न नपाइने, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले प्रयोग गर्न नपाइने, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा, वा लगाउदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यन्त्र लगाउन नपाइने, शरीरको छातिभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री वा बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक राख्न नपाइने, फहराउने प्रकृतिको कार्यमा अन्यन्त्र राष्ट्रिय झन्डाको प्रयोग गर्न पाइने नियम जारी गरेको छ ।
– समीर बलामी/श्रोत: नेपालीज डट अोआरजि