संचारमन्त्री रिजाल अन्नपूर्ण पोस्ट्मा
काठमाडौं । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल सोमबार अन्नपूर्ण कार्यलय आएर भूकम्पपछि संचारगृह तथा न्यूजरुमले भोग्नु परेको समस्याबारे जानकारी लिएका छन्।
अन्नपूर्ण पोस्ट्को कार्यलय रहेको तीनकुनेस्थित कर्पोरेट टावरको परिसरमा सूचना तथा संचारमन्त्री रिजाल र कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपछि न्यूज रुममा परेको असर र संचारकर्मीले भोग्नुपरेका समस्याबारे अन्नपूर्ण टिमसँग संक्षीप्त छलफल गरेका थिए।
मन्त्री रिजालले संचारकर्मी र संचारगृहका लगानीकर्तालाई परेको क्षति र उनीहरुले भोग्नुपरेको समस्याका बारेमा सरकारले विस्तृत अध्ययय गरेर त्यसलाई सम्बोधन गर्ने बताएका थिए । मन्त्री रिजाले भूकम्पको विपद्का बेला पनि संचार माध्यमहरुले सूचना प्रवाहमा आफूलाई खरो रुपमा उतारेको बताउँदै विपद् व्यवस्थापनमा संचार माध्ययमको भूमिका सकारात्मक हुनुपर्ने बताए । उनले सरकारले संचार गृहका लगानीकर्ता, सम्पादक र नेपाल पत्रकार महासंघसँग छलफल गरेर कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा एउटा निश्कर्षमा पुग्ने बताए।
कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले भूकम्पले पारेको असर तथा संचार क्षेत्रले भोग्नुपरेको समस्याबारे अध्ययन गरेर समाधानका लागि सक्दो पहल गर्ने बताए। अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था नेपाल न्यूज नेटवर्क इन्टरनेशनलका प्रमुख संचालन अधिकृत हरी गौचनले संचार गृहको अवस्था र भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए।
गौचन भूकम्पको विपद्का बेला पनि न्यूजरुमका सदस्यले व्यक्तिगत समस्या र क्षतिलाई समेत वास्ता नगरीकन सूचना संप्रेषणमा खटिएको बताए। भूकम्पका कारण संचारगृहले न्यूज प्रिन्टको आपूर्ति, वितरणलगायतका क्षेत्रमा समस्या भोग्नुपरेको बताउँदै सरकारले यसलाई सम्बोधन गर्नुपर्ने सुझाव दिए।
अन्नपूर्ण पोस्ट्का नायव सम्पादक चुडामणी भट्टराईले विपद्को अवस्थामा न्यूज रुमको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै संचारकर्मीले भोग्नुपरेका अप्ठ्याराबारे जानकारी गराएका थिए ।- अन्नपूर्ण पोस्ट/फोटो :अन्नपूर्ण