Header Ads

एक घण्टा भित्रै २ धक्का - अहिले १ः १७ मा काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, जेठ १३ । भर्खरै काठमाडौंमा बुधबार दिउँसो १ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

आज विनासकारी महाभुम्प गएको १ महिना १ दिन भएको छ । तर पराकम्पन जाने क्रम भने जारि छ । त्यसको एक महिनाको अवधिमा २० हजार पटक साना-ठूला पराकम्पन गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।

सिन्धुपाल्चोक लाई केन्द्रविन्दु बनाएर ४.५  म्याग्निच्युडको पराकम्पन मापन भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरु घर छाडेर बाहिर निस्केका छन् ।
भूकम्पको थप विवरण आउन बाँकी छ । त्येस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस अघि आज मध्यान्ह १२:०३ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । धक्का महसुस भएपछी सर्बसाधारण घरबाट बाहिर निस्किएका थिए ।
Powered by Blogger.