‘भारतीय सञ्चारकर्मीलाई स्वदेश फर्काऊँ’ भन्ने ट्वीटबाट सुरु यो अभियान
काठमाडौं, वैशाख २० । भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्युज च्यानलहरुको आलोचना भएको हो ।
उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको विषयमा
समाचार प्रकाशित भएको थियो ।
आइतबार बिहान सुरु गरेको यो अभियान यति चर्चित हुनुपछाडिको रोचक कारण चाहिँ भारतीय दर्शकहरुले नै समर्थन गर्नु हो । नेपालमा भारतविरोधी मनोविज्ञान हावी छ भनी भारतीय राजनीति वृत्तले जिकिर गर्दै आए पनि भारतीय मिडियाको आलोचना गर्नेमा नेपालीभन्दा भारतीय नै बढी भेटिएको आइतबारको ट्वीटर ट्रेन्डिङले देखाएको छ । ‘उज्ज्वल ९९९’ नामक नेपाली ट्वीटर हयान्डलबाट ‘भारतीय सञ्चारकर्मीलाई स्वदेश फर्काऊँ’ भन्ने ट्वीटबाट सुरु यो अभियान आइतबार अपराह्नमा त ट्वीटरकै एक नम्बर ट्रेन्डिङमा परेको थियो ।
समाचारलाई सनसनीपूर्ण बनाउने नाममा भारतीय टिभीले गर्ने अतिरन्जनाप्रति भारतकै दर्शकले समेत लामो समयदेखि आलोचना गर्दै आएका थिए । तर च्यानलहरुले यसको उत्कर्ष देख्नचाहिँ नेपालकै महाभूकम्प पर्खनुपर्यो । इमरान नामक भारतीय प्रयोगकर्ताले नै लेखेका छन्, ‘प्रिय नेपालीहरु । तिमीहरुले त एक सातायतामात्रै भारतीय मिडियालाई खपिरहेका छौ । हामी त पहिल्यैदेखि हरेक दिन झेल्न बानी परेका छौं ।’ आकाश टन्डन नामक अर्का भारतीय प्रयोगकर्ताले भारतीय टिभीको चल्तीको प्रश्न नक्कल गर्दै लेखेका छन्, ‘विश्व आज तिमीलाई गिज्याइहेको छ, भारतीय मिडिया ।

मेरो प्रश्न छ, ‘आपको कैसा लगरहा है ?’ ट्वीटर ट्रेन्डिङमा नेपाल विरलै पर्ने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र भर्खरैको भूकम्पका बेला नेपाल ट्रेन्डिङमा परेको थियो । आफ्नो देशका न्युज च्यानलहरु गैरजिम्मेवार बन्दै भएको सकार्दै भारतीय जनताले ट्वीटरमै नेपालीसामू माफी मागेका छन् । रविश कुमार तिवारी नामक नोयडाका प्रयोगकर्ताले लेखेका छन्, ‘नेपाली मित्रहरु, हाम्रा पेड मिडियाको हर्कतका लागि हामी क्षमा चाहन्छौं ।’
नेपालीहरुले भारतीय मिडियालाई घर जाऊ भने पनि केही भारतीय ट्वीटर प्रयोगकर्ताले स्वदेश नपठाइदिन भन्दै व्यंग्यात्मक अनुरोध समेत गरेका छन् ।