Header Ads

अमिर खानले भने–नेपालको भूकम्पले 'मेरो मुटु टुट्यो’ - सहयोग गर्न आग्रह

काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिर खानले नेपालमा भूकम्पले क्षति पु¥याएको सुनेर आफ्नो ‘मुटु टुटेको’ प्रतिक्रिया दिएका छन् ।सामाजिक अभियन्ता समेत रहेका खानले आइतबार ट्वीट गर्दै नेपालमा भूकम्पबाट हजारौंले ज्यान गुमाएको थाहा पाउँदा आफू स्तब्ध भएको बताएका हुन् ।आफूले केही समयअघि नेपालको भ्रमण गरेको स्मरण गर्दै अमिरले भूकम्प पीडितलाई तत्काल सहयोगको हात बढाउन आग्रह गरेका छन् । उनले भूकम्प पीडित बालबालिकाहरुलार्इ युनिसेफमार्फत सहयोग प्रदान गर्न अपिल गरेका हु्न् ।

                                    भूकम्प पीडित बालबालिकालार्इ सहयोग गर्न आग्रह
‘मैले केही समयपहिले नेपालको भ्रमण गरेको थिएँ’, अमिरले भनेका छन्, ‘भूकम्प पीडित बालबालिकालाई सहयोगको हात अघि बढाउनुस् ।’उनको आग्रपछि उनका फ्यान र प्रशंसक नेपालका भूकम्प पीडित बालबालिकालार्इ सहयोग जुटाउन अग्रसर भएका छन् ।
Powered by Blogger.