राष्ट्रिय एकता बलियो बनाउन बुद्धको उपदेश प्रेरणादायी : राष्ट्रपति
काठमाडौँ, वैशाख २० । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन भगवान् गौतम बुद्धका उपदेश एवम् मार्गदर्शनहरू सबैका लागि प्रेरणादायी र अनुकरणीय रहेका बताउनुभएको छ ।
पच्चीस सय ५९ औँ बुद्ध जयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाली समाजमा विविध जातजाति, भाषाभाषी र धार्मिक सम्प्रदायहरुबीच सहिष्णुता कायम गरी राष्ट्रिय एकता सुदृढ बनाउन प्ररणादायी रहेका बताउनुभएको छ ।
विश्वभर शान्ति र अहिंसाका सन्देश फैलाउन बुद्धका उपदेशहरु अत्यन्त उपयोगी र सान्दर्भिक रहेको सन्दर्भमा बाँच र बाँच्न देऊको उहाँको उपदेश आत्मसात् गर्दै अगाडि बढ्न सकेमा मानव समाजलाई शान्तिको बाटोमा डो¥याउन सहज हुने आशा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको आजको दिनमा सबै नेपालीमा आपसी सद्भाव, मेलमिलाप र सहअस्तित्वको भावना अझ प्रगाढ तुल्याई प्राकृतिक प्रकोपबाट उत्पन्न अवस्थालाई सामान्यीकरण गर्न हामी सबैलाई सफलता मिलोस् भन्ने कामना पनि राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।
“यही वैशाख १२ गते मुलुकमा गएको महाभूकम्पले मुलुकवासी र मुलुकका भौतिक संरचनामा पु¥याएको अपूरणीय क्षतिबाट हामी सबै नेपाली मर्माहत भएका छौँ । भूकम्पबाट पुगेको क्षतिबाट सम्बद्ध व्यक्ति तथा समुदायमा पुगेको चोटलाई हामी सबैले आफैँलाई परेको चोट सम्झी उद्धार, राहत र पुनःनिर्माणमा जुट्नु परेको छ ।”
भूकम्पका कारण परेको दुःखद् घडीमा मृतकका परिवार, घाइते, घरबारबिहीन दाजुभाइ दिदीबहिनी सबैमा हार्दिक सहानुभूति प्रकट गर्दै राष्ट्रपति यादवले यस्तो अवस्थामा हामी सबै संयमित र धैर्यवान भई एकआपसमा हातेमालो गर्दै सहयोगी हातहरु अघि बढाउनु अत्यन्त जरुरी भएको उल्लेख गर्नुभएको छ । उहाँले सबैलाई दह्रो आत्मबलका साथ एकजुट हुन पनि आग्रह गर्नुभएको छ ।