चीनले तिब्बतमै लगेर गर्यो भूकम्पपीडितको उपचार
काठमाडौं । चीनको स्वशासित क्षेत्र विब्बतले भूकम्पपीडित नेपालीको उद्दारमा स्वतः स्फूर्त विशेष सक्रियता देखाएको छ । तिब्बत सरकारले घाइतेहरुलाई आफ्नै भूमिमा लगेर उपचारसमेत गरिरहेको छ ।
सगरमाथा बेसक्याम्पमा हिउँ पहिरोमा परेका नेपाली शेर्पा र केही विदेशीलाई समेत उद्दार गरी उपचार गरिराखेको तिब्बती अधिकारीहरुले ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई जानकारी दिएका हुन् ।
खासा नजिक सीमा क्षेत्रबाट सयभन्दा बढी नेपालीलाई उद्दार गरी लार्चे भन्ने स्थान (खासाबाट तीन सय किलोमिटर पर ) मा आश्रय दिइएको महावाणिज्य दूतावासका अधिकारीले बताए ।
नेपालीहरुलाई त्यहाँ लगेर हेरचाहसहित राखिएको जानकारी हामीलाई दिइएको छ, केहीलाई अस्पतालमा उपचारसमेत गरिएको छ ।
लुगाफाटो सबै व्यवस्था गरेर राम्रोसँग राखेका छन्, महावाणिज्य दूत हरिप्रसाद बस्यालले टेलिफोनमा भने । समाचार अाजकाे कान्तपुरमा छ ।