समस्यामा जेलिँदै सन्नी लियोन : छाड्नुपर्यो बसिरहेको फ्ल्याट
मुम्बाई । पोर्न स्टारबाट बलिवुडको नायिका बनेकी सन्नी लियोन पछिल्लो समय एकपछि अर्को समस्यामा पर्दै गएकी छिन् ।
अश्लिलता फैलाएको आरोपमा देश निकालाको मागसहित मुद्दा परेको केही दिनपछि मात्र सन्नीले अहिले आएर आफू बसिरहेको फ्ल्याट छाड्नुपरेको छ ।
फ्ल्याट नभएपछि अहिले घरवारविहिन जस्तै बनेकी छिन् । भारतीय मिडियाका अनुसार आफ्नो पोर्न स्टार छविका कारणले उनले मुम्बाईमा कुनै पनि फ्ल्याट वा घर पाइरहेकी थिइनन् । उनको समस्या बुझ्दै बलिवुडकी अर्की नायिका सेलिना जेट्लीले आफ्नो फ्ल्याट सन्नीलाई भाँडामा दिएकी थिइन् ।
स्रोतका अनुसार सन्नीले उनको फ्ल्याटको राम्रोसँगले ध्यान नदिएपछि सेलिनाले नै उनलाई फ्ल्याट खाली गर्न भनेकी हुन् । केही समयअघि मात्र सन्नीको फ्ल्याटमा अकास्मात पुगेकी सेलिनाले त्यहाँको हालत देखेर निकै क्रुद्ध बनेकी थिइन् ।
फ्ल्याट खाली गर्नुपरेपछि अहिले सन्नी होटलमा बसिरहेको बुझिएको छ । सन् २००११ मा बिग बस सिजन ५ मा भाग लिन मुम्बाई आएकी सन्नीले महेश भट्टको ‘जिस्म–२’ बाट बलिवुडमा ब्रेक पाइन् । चलचित्र फ्लप रहे पनि सन्नी भने हिट भइन् ।
उनले अहिलेसम्म १० वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । सन् २०१४ मा रिलिज भएको रागिनी एमएमएस २ उनको एक मात्र सफल चलचित्र हो ।