Header Ads

प्रहरीले खोजी गरेका चार कैदी आफैं सम्पर्कमा आए

हेटौँडा, जेठ ९ । गत वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट भागेका चार अपराधी आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएका छन् ।

कैदी लाक्पा तामाङ, ग्याल्बो तामाङ, सरिता घले र रिना मिजार सार्की (पहिलो तीन हत्या र पछिल्लो एक लागुऔषध कारोबार) का मुद्दामा कैद भुक्तान गरिरहेको प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले बताए ।

उनीहरु अहिले जिल्ला अदालत कार्यालय मकवानपुरमा राखिएका छन् ।

Powered by Blogger.