Header Ads

भुकम्पका कारण रामेछापका अधिकाँश स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त

रामेछाप । वैशाख १२, १३ र २९ गते आएको विनाशकारी भुकम्पबाट रामेछापको अधिकाँश स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त भएका छन् । मन्थलीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सो जानकारी दिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार जिल्लामा रहेका ५६ वटा स्वास्थ्य संस्थाहरु मध्ये २५ स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जसमा जिल्ला अस्पताल रामेछाप, खिम्ति हेल्थ पोष्ट र २३ वटा स्वास्थ्य चौकीहरु परेका छन् ।

त्यसैगरी २५ स्वास्थ्य केन्द्रहरुमा आंशिक क्षति पुगेको छ भने ६ स्वास्थ्य केन्द्रमा कुनै क्षति नभएको उहाँले बताउनु भयो ।

 जस मध्ये ८ वटा वर्थिङ सेन्टरहरु पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यसैबीच भुकम्प प्रभावितहरुको लागि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विभिन्न संस्थाहरुसँग समन्वय गरेर निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

जिल्लाको विभिन्न गाविस तथा नगरपालिकामा गएर भुकम्प प्रभावितहरुलाई प्राथमिक उपचार एवं परामर्श दिने काम गरेको कार्यालयका प्रमुख उपाध्यायले बताउनु भयो ।
Powered by Blogger.