मन्त्रालयमै पुगेर यसरी मुख छाडे वामदेवलाई ...
काठमाडौं । बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको चीनको खासादेखि सिन्धुपाल्चोकको बाह्विसे सडक चीनले रातारात खुलाएको समाचार बाहिर आएपनि त्यससँग जोडिएका कतिपय सन्र्दभ अझै बाहिर आएको छैन ।
उक्त सडक खुलाउन चीनले कम्ती पापड बेल्नु परेन । सडक खुलाउन भनेर सिमासम्म आएको चीनियाँ सैनिकलाई नेपाल सरकारले अनुमति नै दिएन ।भुकम्प पछि नेपालमा भारतीयको दादागिरी उदांगो भएका बेला सरकारले सडक खुलाउन चीनलाई अनुमति नदिएपछि सरकारको भूमिकालाई लिएर सभासद्हरु नै आक्रोशित बने । खासगरि सिन्धुपाल्चोकवाट प्रतिनिधित्व गर्ने सबै सभासद्लाई लिएर एमाले नेता अमृत बोहराले गृहमन्त्री बामदेव गौतमलाई उनकै कार्यकक्षमा पुगेर झपारेपछि बल्ल सरकार पुर्ववत् अडान बाट एक कदम पछि हटेको थियो ।
हत्तपत्त नरिसाउने तर रिसाएपछि आँखा नदेख्ने एमाले नेता बोहराले गृहमन्त्री गौतमलाई कडा स्वरमा प्रश्न गरेका थिए– ‘तपाई नेपाल सरकारको मन्त्री हो कि भारत सरकारको ? नेपालको सडक अवरुद्ध छ, चीनले खुलाईदिन्छौ भन्दा अनुमति दिन तपाईलाई के ले रोक्यो ? यसको जवाफ दिनुस् ।’
श्रोतका अनुसार, आफ्नै पार्टीका नेताले अरु पार्टीका सभासद्लाई साक्षी राखेर आफ्नै कार्यकक्षमा हप्काएपछि गृहमन्त्री गौतम धेरै बोल्न सकेन । उनले त्यसैदिन चीन लाई बाटो खुलाउन अनुमति दिने प्रतिवद्धता जनाएपछि सिन्धुपाल्चोकका सभासद्को टोली फर्कियो ।
त्यसैदिन चीन बाटो खुलाउने अनुमति पनि पायो । अनुमति पाउनसाथ २१ वटा एक्साभेटर र सयौं निमार्ण सामाग्री बोकेर हजारौंको संख्यामा आएका चीनिया सेनाले रातारात अवरुद्ध बाटो खुलाएका थिए ।
