ब्राईट नेपालद्धारा त्रिपाल वितरण : Bright Nepal distribute Tent to Quake Hit Employees
सागर श्रेष्ठ, काठमाडौं । स्थापना काल देखि नै सामाजिक सेवामा सक्रिय रुपमा अगाडि बढी रहेको सामाजिक संस्था ब्राईट नेपालले कोरिया नेपाल मैत्री अस्पतालमा महाभुकम्पबाट अति प्रभावित कर्मचारीहरुलाई एक समारोहको बिच त्रिपाल वितरण गरेको छ ।
कोरिया नेपाल मैत्री अस्पतालको निर्देशक डि.के. रौशनको अध्यक्षतामा र ब्राईट नेपालका संयोजक पुनम देवको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा आर्थिक तथा प्रशासन प्रमुख कैलाश प्रसाद देवले स्वागत भाषण गर्दै अस्पतालको भूकम्पबाट प्रभावित हाल सम्मको अवस्थाको बारेमा अवगत गराउँदै विभिन्न संघ संस्था, पत्रकार लगाएत सबैसंग सहयोगको लागि अनुरोध गर्नु भयो ।
उक्त कार्यक्रममा ब्राईट नेपालका संयोजक पुनम देव, निर्देशक डि.के. रौशन र यूनियनका सभापति बच्चुराम थापाले संयुक्त रुपमा त्रिपाल वितरण गरेका थिए । प्रशासन प्रमुख देवले दिएको जानकारी अनुसार गत बैशाख १२ गते गएको महाभुकम्पका कारण अहिले सम्म करिब २००० भन्दा बढीलाई निःशुल्क सेवा तथा औषधि दिएको, त्यसैगरी ३१ जनालाई अप्रेशन गरिएको १४ जना पिडीत अझै भर्ना भई रहेको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभएको थियो ।
साथै आज १९ औं दिन सम्म पनि ब्राईट नेपाल, यूनियन र स्थानिय मध्यपुर युथ क्लबको सहकार्यमा निःशुल्क खाना खुवाई रहेको छ । भूकम्पबाट प्रभावित विमारीहरुलाई दिन रात नभनी अहोरात्र खट्ने कर्मचारीहरुको प्रशंसा गर्दै निर्देशक रौसन र यूनियनका सभापति थापाले ब्राईट नेपालसंगको सहकार्यले अस्पतालको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रम यूनियनका सचिव राजाराम वाग्लेले सञ्चालन गर्नु भएको थियो ।