Header Ads

प्रधानमन्त्री कोइरालाले यसरी दुःख व्यक्त गर्नु भयो

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्प पीडितको उद्धार र राहत कार्यमा सघाउन ल्याइएको अमेरिकी हुवे हेलिकोप्टर दुर्घटनाग्रस्त भई त्यसमा सवार चालकदलका सदस्य सहित उद्धारकर्मीहरुको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 उहाँले दुर्घटनामा परी जीवन गुमाउने बीर नेपाली सेना र अमेरिकी सेनाका राष्ट्रसेवकहरु प्रति श्रद्धाञ्जली पनि ब्यक्त गर्नुभएको छ ।
बिनासकारी भूकम्पबाट पीडित नेपालीहरुलाई उद्धार गर्न र राहत पु¥याउन आएका अमेरिकी सेनाका जवानहरुको हेलिकोप्टर दुर्घटनामा निधन भएकोमा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति वाराक ओवामालाई शुक्रबार एक समवेदना सन्देश पनि पठाउनु भएको छ ।

सन्देशमा उहाँले यी शाहसी बीरहरु हामीबीच नरहे पनि नेपाली जनताको मनमा सधैभरी रहने बताउनु भएको छ ।

सो सन्देशमा उहाँले समस्त नेपाली विनासकारी भूकम्पको भयङ्कर त्रासमा रहेको बेला हाम्रो दुःखमा साथै रहेर पीडाबाट मुक्त पार्न अमेरिकी राष्ट्रपति र सरकारले गरेको सहयोगप्रति कृतज्ञता पनि व्यक्त गर्नुभएको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका प्रति ओबामाको यस्तो भिडियो सन्देश

अमेरिकी हेलिकप्टरमा मृत्यु भएका पाइलटका बाबु र आमा सँगको कुराकानी

Powered by Blogger.