किन इजाजत पत्र खारेज भयो एभिन्यूज टि भी ?
काठमाडौं, जेठ १३ । एभिन्यूज टेलिभिजनले १ लाख रुपैयाँ तिरेर लाइसेन्स नविकरण नगर्दा सो टेलिभिजनको दर्ता गत माघ महिना मै खारेज भएको तथ्य सार्वजनिक भएको छ ।
सञ्चारमन्त्रालयले टेलिभिजन सञ्चालकलाई पटक पटक ताकेता गरेर नविकरण गर्न भन्दा पनि टेलिभिजनले वास्ता गरेको थिएन ।
नियमानुसार गत पुस मसान्तसम्ममा नविकरण गरिसक्नु पथ्र्यो । नविकरण नगरेपछि टेलिभिजन सञ्चालकलाई अवैधानिक ढंगबाट टेलिभिजन चलिरहेको थाह थियो । तर हालसालै टेलिभिजनको दर्ता खारेज गरिएको झै विषय सार्वजनिक भएपछि सञ्चार मन्त्रालयका अधिकारीहरु आश्चर्यमा परेका छन् । मन्त्रालयका सहसचिव अनुप नेपालका अनुसार दर्ता खारेज पुस मसान्त मै भइसकेको हो ।

अहिले विषय किन बाहिर आयो, यो ढंगले बुझ्न सकेको छैन । सहसचिव नेपालले नविकरण दस्तुर नतिरेपछि दर्ता खारेज हुन्छ । सबै विधिको शासन चाहियो भन्छन्, विधि अनुसार नै दर्ता खारेज गरिएको हो ।
गत माघ महिना मै दर्ता खारेज भएको विषय किन अहिले सार्वजनिक भयो भन्ने रहस्य पनि खुलेको छ ।
भूकम्पपछि सहरी विकास मन्त्रालयले जनचेतनामूलक सामग्री टेलिभिजनहरुबाट प्रशारण गर्ने कार्यक्रम बनाएको छ । यसका लागि सहरीले सञ्चारमन्त्रालयसँग वैधानिक टेलिभिन कुन कुन हुन् भन्ने विवरण माग्यो । सञ्चारले एभिन्यूज बाहेक सबै वैधानिक छन् भन्ने जवाफ फर्कायो ।
अवैधानिक भनेपछि सहरी विकासले विज्ञापनको टेण्डर प्रक्रिया मै एभिन्यूजलाई बाहिर राख्यो । दर्ता खारेज भएको चार महिनापछि टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसन्को विज्ञप्ती सार्वजनिक हुनुको रहस्य यहि हो ।कान्तिपुर दैनिकमा समाचार छ ।