Header Ads

एमाओवादी नेताद्धारा विवाहित महिला बलात्कृत

काठमाडौं, जेठ ४ । एकीकृत नेकपा माओवादीका जिल्लास्तरीय एक नेताले पिसाब फेर्न निस्केकी महिलालाई गाईको गोठमा लगेर बलात्कार गरेको खुलासा भएको छ ।

एमाओवादीका मुगुका जिल्ला सचिवालय सदस्य धैनाकोट-६का ३७ वर्षीय रामजंग शाहीले सोही गाविसकी एक महिलालाई बैशाख २३ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एमाओवादी जिल्ला सदस्य शाहीले बैशाख २३ गते राति पिसाब फेर्न निस्केकी ति महिलालाई मुख थुनेर गाई गोठमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर सोही राति शाही गाउँबाट फरार भएका थिए ।
दुई सातादेखि फरार शाहीलाई गाउँलेले मुद्दा मिलाउने आश्वासन दिएर घर बोलाएका थिए । शाही गाउँ फर्केपछि घरभित्र थुनेर गाउँलले सोमबार प्रहरीको जिम्मा लगाएका छन् । पीडित महिलाले आफुलाई बलात्कार गरेको भनेर श्रीमानलाई जानकारी गराएकी थिईन् ।

पीडित परिवारले बलात्कार भएको थाहा पाएपछि शाहीमाथि कारबाही माग गर्दै दुईहप्ता अगाडी नै प्रहरीमा उजुरी दर्ता गरेका थिए । गाउँलेको सहयोगमा मुगु प्रहरीले सोमबार अभियुक्त शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । थप अनुसन्धानका लागि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित महिलाको सोमबारै स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणमा पनि बलात्कार भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका इन्सपेक्टर मित्रबहादुर आर्चायले घटनाको थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।-स्रोत हाम्रो संदेश डट कम बाट 
Powered by Blogger.