बेलुकीको हावाहुरीले ३२ वर्षिय युवती ठहरै – Breaking News Update
काठमाडौं । काठमाडौं उपत्यकामा ४ः५० देखि गएको हावाहुरीमा परि एक युवतीको मृत्यु भएको छ । स्यम्भु स्थित सानो भर्याङमा मोटरसाइकलमा यात्रा गरिरहेका एक जोडी श्रीमान श्रीमती हावाहुरीको चपेटामा परि ३२ वर्षिय श्रीमती लक्ष्मीकुमारी सुवेदी दाहालको मृत्यु भएको हो ।
सो जोडी स्यम्भुबाट बालाजुतर्फ जाँदा अनियन्त्रीत रुपमा हावाहुरी चलेपछि सडक नजिकैको रुख लडेर बा ३४ प ११०६ को मोटरसाइकलमा लागेर दुर्घटना भए पछि लक्ष्मीकुमारीको मृत्यु भएको हो । श्रीमान गणेश दाहाललाई उपचारका लागि अस्पताल लगिएको छ ।
त्यसैगरि गौशाला वनकालीमा हावाहुरीले बा १ ज ६९१२ को ट्याक्सीलाई क्षति पुर्याएको छ । एक्कासी उपत्यकामा हावाहुरी चलेको छ,यस्तो संयम घडिमा नआत्तिकन आफ्नो दैनिक कार्य गर्न प्रहरी परिसर काठमाडौंका प्रवत्ता एवं एसपी विश्वराज पोखरेलले सर्वसाधरणमा हार्दिक अपिल गर्नुभएको छ ।
भुकम्पको त्रासमा पाल टागेर बसेकाहरुलाई समेत संयम भएर बस्न आग्रह गर्दै अपरिचित व्यक्ति आएमा चनाखो भई प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।-न्यूज अभियान बाट