यी धर्मगुरुले यसरी बलात्कार गरे १४ वर्षकी बालिका
झापा, जेठ १० । झापामा १४ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रहरीले एकजना धर्मगुरुलाई पक्राउ गरेको छ ।
श्रीकृष्ण प्रणमी धर्म सम्प्रदायका धार्मिक गुरु महाराज मोहनानन्द शास्त्री भारद्वाज सुवेदीलाई किशोरी बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउतका अनुसार झापा कन्काई नगरपालिका– ४ स्थित श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् माइधामका पिठाधिश्वर ६० वर्षी मोहनानन्दलाई संस्थाद्वारा सञ्चालित आश्रममा आश्रित किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा शनिवार पक्राउ गरिएको हो ।
अश्रित किशोरीले आफूलाई धर्मगुरु मोहनानन्दले नौ महिना अघिदेखि बलात्कार गर्दै आएको आरोप लगाएकी छन् ।
लामो समयदेखि गुरुबाट बलात्कृत हुनुपरेपछि पीडित किशोरीले विद्यालय स्थानान्तरणका लागि शैक्षिक प्रमाणपत्र लिएर माईधारमा रहेको दिदीको घरमा गए लगत्तै घटना सार्वजनिक भएको हो ।
राजधानी दैनिकमा खबर छ ।