Header Ads

यस्तो छ धमिलो पानीमा माछा मार्ने दाउ - गणेश थापा

काठमाडौं । झन्डै एक वर्षदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यम र नेपाली सञ्चार माध्यमहरुमा समेत भ्रष्टाचारकिो छवि बनाउन सफल भएका सभासद् गणेश थापा यतिबेला महाभूकम्पको मौका छोपेर अखिल नेपाल फुटबल संघ एन्फलाई पुनर्कब्जा गर्ने रणनीतिमा लागेका छन् ।
उनले त्यसको सुरुवात राहत वितरणबाट गरेका छन । राज्यकै तहबाट गणेश थापाको विषयमा छानविन भइरहेको बेला निलम्बित अध्यक्षले एन्फाको नेता बनेर गएको साता प्रधानमन्त्री सुशील कोइरालालाई नै भेटेर प्रधानमन्त्री राहत कोषमा १० लाखको बिटो थमाए ।

 यो थमाउनुको उनको भित्री चाहना भनेको एन्फामा पुनः प्रवेशका लागि बाटो खुलाउनु थियो । जबकि गणेश थापाको विषयमा अख्तियारले छानविन गरेको थियो, युवा तथा खेकलकुद मन्त्रालयमा पनि उनको विषयमा छानबिनको दायरामा नै छ । अख्तियारका छानबिनका क्रममा उनी निलम्बित भएका थिए ।

 कही समय उनको पदलाई ललितपुरका ललितकृष्ण श्रेष्ठले सम्हालिदिएका थिए पछि फर्काउने सर्तमा । अहिले त्यो समय आएको जस्तो अनुमान श्रृष्ठले पनि गरिसकेका छन् ।

त्यसैले त गणेश थापा एन्फाको हर्ताकर्ता भएर कार्यक्रमहरुमा सहभागी हुन थालिसकेका छन् । देशान्तर साप्ताहिकमा खबर छापेको छ ।
Powered by Blogger.