पर्यटनमन्त्री दीपकचन्द्र अमात्यद्वारा राजीनामा
काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजिनामा दिएका छन् । तत्कालीन मन्त्री भीम आचार्यलाई फिर्ता बोलाएर एमालेले मन्त्री बनाएका अमात्यले नौ महिना नबित्दै राजिनामा दिएका छन् ।
राजनीतिक नियुक्तिका विषयमा पार्टीको नेतृत्वले दबाब दिएका कारण अमात्यले राजीनामा दिएको बुझिएको छ । अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका एमाले स्रोतले जनाएको छ ।
पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्ययन प्राधिकरण लगायतका निकायमा हुने नियुक्तिका विषयमा मन्त्री अमात्य र पार्टीका नेताहरुको कुरा नमिलेको स्रोतको दावी छ । एमालेले नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि मात्र अमात्यको राजीनामा स्वीकृत हुनेछ ।
एमालेमा नयाँ मन्त्रीका लागि कृपाशुर शेर्पा र सोमप्रसाद पाण्डको नाम चर्चामा छ । भोजपुर १ का सभासद शेर्पा अध्यक्ष केपी ओली निकट हुन् भने पाल्पा २ का सभासद पाण्डे एमाले नेता माधवकुमार नेपालका सम्धी हुन् ।
नेकपा एमालेको सिफारिशमा गत वर्षको भदौ २७ गते प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री नियुक्त गरेका थिए। तत्कालीन पर्यटन मन्त्री भीम आचार्यको ठाउँमा उनलाई मन्त्री बनाइएपनि अमात्य नौ महिना पनि टिक्न सकेनन्।