काठमाडौँलाई केन्द्र बनाएर बिहिबार बिहानै भूकम्प - आज मात्र ४ कम्पन
काठमाडौं, जेठ १३ । भर्खरै काठमाडौंमा बिहिबार बिहान ५ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । बिहिबार बिहानै काठमाडौँलाई केन्द्र बनाएर भूकम्पको पराकम्पन गएको हो ।
महिनादिन अघि गएको शक्तिशाली भूकम्प पछि दैनिक पराकम्पन जाने क्रममा बिहिबार बिहानै काठमाडौँ केन्द्र भएर चार रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहिबार बिहानै तीन बजेर ७ मिनेट र ४० मिनेट जाँदा गोरखा र धादिङलाई केन्द्र बनाएर चार रेक्टर स्केलका दुई पराकम्पन गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरु घर छाडेर बाहिर निस्केका छन् ।
आज विनासकारी महाभुम्प गएको १ महिना ३ दिन भएको छ । तर पराकम्पन जाने क्रम भने जारि भएता पनि नडराउन विज्ञहरुको भनाई छ । त्यसको एक महिनाको अवधिमा २० हजार पटक साना-ठूला पराकम्पन गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।