Header Ads

श्रीमानले नै श्रीमतीलाई यसरी खुवाए विष !

सप्तरी, जेठ १४ । चरित्रहीन आरोपमा सप्तरीमा एक महिलालाई श्रीमानसहित परिवारका सदस्यले विष सेवन गराएका छन् ।

जिल्लाको भवनगाकट्टी–६ मन्सापुरकी २४ वर्षीया सुन्जुदेवी मण्डललाई श्रीमान शिवनारायणसहित परिवारका सदस्यले जवर्जस्ती विष सेवन गराएका हुन् ।
बल प्रयोग गरी विषालु चम्पाको फल खुवाएपछि सन्जुदेवी अचेत भएकी थिइन् । स्थानीयले खबर गरेपछि माइती पक्षले उद्धारगरी उनलाई अस्पताल पु¥याएको थियो ।

सन्जुको गम्भीर अवस्थामा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडितको अवस्था गम्भीर छ ।

यसैबीच इलाका प्रहरी कार्यालय हनुमाननगरले बुधबार घटनामा संलग्न रहेको आरोपमा पीडितका ससुरा रामप्रसाद मण्डललाई पक्राउ गरेको छ ।
Powered by Blogger.